प्रदेश ३ का मुख्यमन्त्री पौडेल गङ्गालाल अस्पताल भर्ना

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
प्रदेश ३ का मुख्यमन्त्री पौडेल गङ्गालाल अस्पताल भर्ना

Share

नारीकोसिस डटकम/जेठ २०, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि पौडेल आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह अनुसार भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

अस्पताल भर्ना भएसँगै यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।

तपाईको प्रतिक्रिया