बच्चालाई झाडापखाला लागेमा के गर्ने ?
बच्चालाई दुई हप्ता भन्दा कम समय झाडापखाला लागेको छ भने एन्टीबायोटिक खुवाउनुहुँदैन । खुवाउनुपरेमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ ।
दुई हप्ता भन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला क्रोनिक डायरिया भनिन्छ । जसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ जसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
केरामा पोटासियमको मात्रा बढी हुन्छ । झाडापखाला भएको बच्चामा यो तत्व कम हुन्छ । त्यसले पेट फुलाउँछ, त्यसलाई नियन्त्रण गर्न फलफूल आवश्यक हुन्छ । झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ त्यो हेर्नुपर्छ ।
सो वेला कम्तीमा एक दिनमा ७ पटक पिसाब फेरेको हुनुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मृगौलामा असर गर्ने हुन्छ । झाडापखालाको उपचार गर्दा एन्टीबायोटिक खान आवश्यक छैन । त्यस्तो औषधि खुवाएमा बच्चाको रोगप्रतिरोधी क्षमता कम भई झनै समस्या हुन सक्छ ।
दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ । समय नपुगी जन्मिएका बच्चा, रोगसँग लड्ने क्षमता कम भएको बच्चा, कुपोषण भएको बच्चालाई दीर्घ झाडापखाला लाग्ने सम्भावना हुन्छ । (एजेन्सी)
तपाईको प्रतिक्रिया