महिनावारी हुँदा कति समयको फरकमा प्याड परिवर्तन गर्नुपर्छ ?

महिनावारीका बेला सरसफाईमा विशेष ध्यान दिन नसकेमा विभिन्न किसिमका संक्रमण हुने जोखिम उच्च रहन्छ । महिनावारीका बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिर्वतन गर्ने गरिन्छ यी सब कुरा सिधै स्वास्थ्यसँग जोडिने गर्दछ । आम रुपमा महिनावारीका बेला एक दिनमा कतिपटकसम्म प्याड परिवर्तन गर्नुपर्छ भनेर थाहा नहुन सक्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरुको भनार्इ अनुसार महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्दछ । यदि घरेलु कपडाको टुक्रा प्रयोग गर्नुहुन्छ भने त झन प्रत्येक २–२ घण्टामा बदल्नुपर्दछ । तर यो नियम सबैका लागि समान ढङगले लागू हुन्छ भन्ने छैन् । प्याडको प्रकृति, रगतको मात्रा हेरेर पनि प्याड परिवर्तन गर्ने समय निर्धारण हुने गर्दछ । यी कुरामा ध्यान दिउँ हुन त आफ्नो आवश्यकताका आधारमा प्याड बदल्नुपर्दछ तर धेरै लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहनु भने स्वास्थ्यका लागि लाभदायी हुदैन् । एकपटक रगत शरीरबाट बाहिर निस्किएपछि विभिन्न प्रकारबाट दुषित हुने गर्दछ । धेरै रगत बगेको बेला मात्र नभई रगत बग्ने क्रम कम भएको बेला पनि प्याड परिवर्तन गरिरहनै पर्दछ । लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहेमा पिसाब संक्रमण लगायतका संक्रमण हुने जोखिम धेरै हुने गर्दछ ।
पटक–पटक प्याड परिर्वतन गरिरहनुहोस् हुन सक्छ महिनावारी भएको २–३ दिनदेखि तपाइमा रगत निष्काशनको फ्लो कम हुन सक्छ । रगत बग्ने क्रम घट्ने बित्तिकै प्याड लामो समयसम्म प्रयोग गरिरहनु गलत हो, परिवर्तन गरिरहनुपर्छ । एक सयमा एउटा मात्र कोही कोहीले धेरै रगत बगेको भन्दै एकैपटकमा २ वटा प्याड वा कपडा प्रयोग गर्ने गरेको पनि भेटिन्छ तर यो स्वास्थ्यको हिसाबले निकै गलत हो । धेरै रगत बगेको बेला यसले मद्दत गरेपनि स्वास्थ्यका लागि यो उपयोगी तरिका होइन । २ वटा प्याड प्रयोग गर्दा परिवर्तन गर्ने समय लम्बिने भएका कारण बरु एउटै प्याड प्रयोग गर्ने र छिटो–छिटो परिर्वतन गर्ने गर्नुपर्दछ । (नवभारत टाइम्सबाट)
तपाईको प्रतिक्रिया