रौतहटमा बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रौतहटमा बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

Share

नारीकोसिस डटकम/जेठ २०, रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका नियन्त्रणमा लिएर लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

तपाईको प्रतिक्रिया