सुर्यगढी सामुदायिक क्याम्पस संचालक समिती अध्यक्षमा बिमला सुवेदी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सुर्यगढी सामुदायिक क्याम्पस संचालक समिती अध्यक्षमा बिमला सुवेदी

नारीकोसिस डटकम/जेठ २३, नुवाकोट । सुर्यगढी गाउपालिका वडा नं ३ मा रहेको सुर्यगढी सामुदायिक क्याम्पस संचालक समितीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिमला सुवेदी सर्वसम्मतले चयन हुनुभएको छ ।

सुवेदीलाई उक्त क्याम्पसले आगामी तीन बर्षको लागि संचालक समिति अध्यक्षमा पदमा चयन गरेको हो । नयाँ संचालक समिती चयन भए सँगै क्याम्पसको भौतिक अवस्था, शैक्षिक अवस्था वृहतरुपमा सुधार गर्दै लैजाने अध्यक्ष सुवेदीले बताउनुभयो । साथै उहाँले क्याम्पसमा समय सापेक्ष शिक्षा प्रदान गरी नमुना क्याम्पसको रुपमा विकाश गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

मंगलबार गठीत नयाँ क्यापस संचालक समितिमा सुवेदी सहित ११ जनाको कार्यसमित चयन भएका छन् । गत बैशाख १४ गतेको १२ औं क्याम्पसशभाबाट निर्वाचित सदस्यहरु सदस्यमा चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया