आइतवार सार्वजनिक विदा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आइतवार सार्वजनिक विदा

Share

नारीकोसिस डटकम/जेठ २४, काठमाडौं । सरकारले जेठ २६ गते आइतवार काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो।

सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया