नगरपालिकाको समग्र विकासका लागि सक्रियतापूर्वक लाग्न नगरबासीहरुलाई आग्रह: कृष्णहरि थापा

नारीकोसिस डटकम/जेठ २६, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले नगरपालिकाले सडकबाटो निर्माण, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरको समग्र विकासको लागि सक्रियतापूर्वक लगेर सहयोेग गर्न आम नगरबासीलाई आग्रह गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रमको आइतवार उद्घाटन गर्नुहुँदै उहाँले नगरलाई समृद्ध र हराभरा बनाउन नगरपालिका लागेको उल्लेख गर्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ ले स्थानीय तहको निर्वाचन प्रश्चात निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको २ बर्षको अवधिमा गरेका कार्यहरुको बारेमा वडा अध्यक्ष श्रीकृष्ण चापागाईले कार्यविवरण प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ वडा अध्यक्ष कुन्दन खड्का, सल्लाहकार भरत फुयाँल, कानुनी सल्लाहकार बिदुर ढुंगाना, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, ईन्जिनियर सन्देश ढकाल लगायत कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया