पूर्वी नवलपरासीमा हुरीले ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पूर्वी नवलपरासीमा हुरीले ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

नारीकोसिस डटकम/जेठ २७, जेठ नवलपरासी । पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।

हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान पुगेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिए ।

यसैबीच, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा परेका छन् ।

तपाईको प्रतिक्रिया