तादी गाउँपालिकाद्वारा अपांगता परिचय पत्र वितरण

नारीकोसिस डटकम/जेठ २८, नुवाकोट । तादी गाउँपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरेको छ ।
नगरपालिकाले सोमबार तादी गाउँपालिका–१, खरानीटारमा एक औपचारिक शिविर कार्यक्रम आयोजना गरी अपांगताका स्थिति हेरेर क, ख, ग, र घ वर्ग गरी ४ किसिमको अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको हो।
आयोजना तथा सम्बोधन परियोजनाको सहजिकरणमा २६ गते आइतवार र २७ गते सोमवार गरी गा. पा. का ५ वटै वडा अन्तरगत रहेका अपाङ्गता भएकाहरुलाई अपाङ्गता परिचय पत्र गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे र गा.पा. का उपाध्यक्ष ईश्वरी उप्रेतीले वितरण गर्नु भएको थियो ।
साथै सो वितरण कार्यक्रममा सोही गा.पा. का , प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उक्त शिविर कार्यक्रमा क बर्गको १६ जना, ख वर्गको ७३ जना ग बर्गको ८६ जना र घ बर्गको ६९ जना गरि जम्मा २४४ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया