गर्मीमा पिसाब पोल्ने समस्याबाट कसरी बच्ने

कारण कम पानी पिउनु असुरक्षित यौन सम्पर्क यौन सम्पर्कपछि पनि पिसाब पोल्छ, महिलामा पिसाब पोल्ने सँगसँगै काम ज्वरो आयो भने त्यो युटिआई भएको हो । धेरैजसो युटिआई गर्भवती हुँदा हुन्छ तर यो यौन रोग होइन । पुरुषहरुमा पिप र पिसाब आउने ठाउँ एकै हुने हुँदा नली सुक्दै जाने समस्या हुन्छ ।
त्यसैले समयमा नै सम्बन्धित चिकित्सकसँग सल्लाह लिएर उपचार गर्नुपर्छ । महिलाहरुमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, योनी चिलाउने लक्षण देखा पर्यो भने त्यो यौन रोगको लक्षण हो । गर्मी महिनामा विशेषगरी शरीरबाट पसिना आउँछ । शरीरको फोहोर चिज पिसाबबाट जाने हो, पसिनामा पानी धेरै गएको हुँदा पानी कम हुन्छ त्यो हुँदा पिसाब कडा हुन्छ र बढी एसिड भएर पोल्ने समस्या हुन्छ ।
सामान्य पिसाबमा एसिड पिएच हुन्छ तर त्यो भन्दा कम पिएच ४-५ भयो भने पिसाब पोल्छ । प्रायः पुरुषहरुले लामो यात्रामा हुँदा पनि पिसाब रोक्ने गर्दैनन् तर महिलाहरुमा त्यस्तो हुँदैन । उनीहरु यात्रा सकिएपछि मात्रै पिसाव गर्ने गर्दछन् त कतिले पिसाब त्यसपछि पनि रोकिरहेका हुन्छन् यसले गर्दा पोल्ने हुन्छ । पिसाब रोक्दा कम पिसाब आउने समस्या पुरुषमा देखिन्छ। पिसाबथैलीमा नै पिसाब रोकिने सम्भावना हुन्छ यस्तो हुँदा उपचार गर्नुपर्छ । यदि उपचार समयमा नै नगर्दा विभिन्न किसिमका अन्य यौन रोगहरुको जटिलता थपिँदै जान्छ ।
यौन रोगको कारण पिसाब पोलेको हो भने पिसाब गर्ने नली नै सानो हुने हुन्छ । समयमा नै उपचार नगरे मुत्रनली साँघुरो हुँदै जान्छ । त्यस्तै पिसाब थोपा–थोपा आउने, पिसाब फेर्न गाह्रो हुने पछि वा धेरै समयसम्म पोल्ने हुन्छ । यदि उपचार गरिएन र पुरुषको नली सानो भयो भने डाइलेटेसन गरी नली ठूलो पार्नुपर्ने हुन्छ ।
यस्तो उपचार गर्दा बिरामीलाई बेहोस बनाई गर्नुपर्छ । नली ठूलो बनाउँदा रगत जाने, धेरै दुख्ने हुन्छ । यो प्रक्रिया गर्दा पनि एकदेखि दुई महिनालाई मात्र हुन्छ । दुई महिनापछि फेरी नली सानो हुँदै आउँछ त्यसैले दुई–दुई महिनामा ठूलो बनाउनुपर्छ ।
जटिलता महिलाहरुमा पाठेघरमा असर गर्छ भने पुरुषमा अण्डकोष सुन्निने हुन्छ । बाँझोपनको खतरा गर्भ नरहने खतरा हुन्छ, यदि रह्यो भने पनि गर्भमा नै तुहिने, अंगभंग भएको बच्चा जन्मिने, छिटो वा समय नै नपुगी बच्चा जन्मिने बच्ने उपाय यौन रोगको कारण हो भने यौन सम्पर्क गर्नुहुँदैन । यदि गरे पनि विश्वासिलो एक पात्रसँग मात्रै गर्नुपर्छ ।
रोग देखिनासाथ उपचार गर्नुपर्छ । मलाई पिसाब पोलेको छ भनेर फार्मेसी वा औषधि पसलमा गएर औषधि खाएर कम त हुन्छ तर त्यो गर्नुहुँदैन । यसको उपचारको लागि प्रमुख भनेकै पानी बढी पिउने हो, त्यसैले पानी कम गर्नुहँदैन । (एजेन्सीको सहयोगमा)
तपाईको प्रतिक्रिया