खुसीको परिभाषा यस्तो रहेको छ।

खुसीको अर्थ
धेरै मानिसका लागि खुसीको अर्थ हुन्छ जीवनमा नकारात्मक कुरा, व्यक्ति वा चिजलाई हटाउनु वा त भनौ दिक्कलाग्दो स्थितिबाट छुटकारा पाउनु ।यसो भएमा आफ्नो अवस्थाप्रति झन् बढी खुसी हुन सक्छौं ।
खुसी उनीहरू हुन्छन जसको जीवनबाट नकारात्मक कुराहरू हटेका छन् वा उनीहरूले खुसी हुनकै लागि अरू केही गरेका छन् ।’
केमा निर्भर छ खुसी
पिटर किन्डरम्यानको विचारमा हाम्रो खुसी धेरै हदसम्म हाम्रै सोच्ने तरिकामा निर्भर हुन्छ । उनी मानिसले गार्हो परेको अवस्थामा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने विषयमा अनुसन्धान गर्दै छन् । यसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा कस्तो असर पार्छ । यसका लागि पिटरले बीबीसीसँग मिलेर एउटा अनलाइन सर्भे तयार गरेका छन्, जुन खुसीको रहस्य थाहा पाउनका लागि तपाईलाई केही प्रश्न गर्छ । पुनः छ हप्तापछि सर्वेकै क्रममा केही थप प्रश्न सोधिन्छ ।
पिटर किन्डरम्यान भन्छन् कि यो प्रयोगको माध्यमबाट उनी के पत्ता लगाउने कोसिस गरिरहेका छन् भने हामी आज जे सोच्छौँ, के त्यसले हाम्रो खुसीमा असर पार्छ ? उनलाई लाग्छ, यो अनुसन्धानबाट हामी पत्ता लगाउन सक्छौँ कि हामीले खुसी रहनका लागि आफ्नो सोच्ने तरिकामा कस्तो परिवर्तन ल्याउनुपर्छ ।
पिटर बेलायतको नेसनल हेल्थ सर्भिसका सल्लाहकार मनोवैज्ञानिक हुन् । उनी भन्छन्-बारम्बार समस्याहरूका बारेमा सोच्नु र निराशावादी हुनु हाम्रो मस्तिष्कको स्वास्थ्यका लागि नोक्सानदायक छ ।
खुसी हुने कुराको अनुमान
किन्डरम्यानको अनुसन्धानबाट यदि कसैले सोच्ने तथा विचार गर्ने आधारमा भविष्यमा ऊ खुसी रहने वा नरहने कुराको अनुमान लगाउन सकिने तथ्य प्रमाणित भयो भने उसको जीवनबाट नकारात्मक सोच हटाउने तरिकामाथि पनि ध्यान दिन सकिन्छ । यसबाट मानिसहरूलाई मस्तिष्कको समस्याबाट बचाउनसमेत सकिने आश गर्न सकिन्छ ।
खुसीको खबर के छ भने जसरी हामी स्वास्थ्यसँग जोडिएका समस्याको उपचार गर्छौ त्यसरी नै सोच्ने तरिकामा परिवर्तन ल्याउने उपचार पनि विद्यमान छ । जस्तो कि काग्नेटिभ विहेवियल थेरापीबाट हामी कुनै खास कुरामाथि बढी सोचविचार गरेर व्यवहारमा परिवर्तन ल्याउन सक्छौँ ।
पिटर भन्छन्-हाम्रो खुसीको रहस्य के कुरामा लुकेको छ भने हामीले आवेगहरूको उल्झनलाई बुझौँ । त्यसपछि जे कुराले हाम्रो दिमागमा नकारात्मक विचार पैदा गर्छ, त्यसलाई कसरी पन्छाउने काम गरौँ । यो तरिकाबाट खुसी हासिल गर्न सकिन्छ ।’ onlinekhabar
तपाईको प्रतिक्रिया