बर्षायामसँगै च्याउ खाएर मर्नेहरुको संख्या बढ्छ, मृत्यु रोक्न च्याउको बारे जानकारी लिनुहोस्

बर्षायामको सुरु सँगै च्याउ खाएर ज्यान गुमाउँनेहरुको खबर आउँन थालेको छ । जतासुकै पाइने असुरक्षित च्याउ खाएर ज्यान गुमाउँनेहरुको संख्या बढेको छ ।
वर्षायाममा च्याउ खाएर मृत्यु भएको समाचारहरु कामीले कति सुनिरहेका हुन्छौ । यस्ता समाचारहरुले अब फेसबुकमा खुब लाइक र सेयर बटुल्ने छन् तर यसबारे वास्तविक जानकारी भने त्यति सेयर हुदैनन् ।
च्याउलाई चिनेर मात्र सेवन गर्ने गर्नुहोस् । च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्व पाइने र खानामा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि ।
लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गारो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवस्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् ।
अब बर्षा सुरु हुदैंछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।
लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् ।
तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।
तपाईको प्रतिक्रिया