लसुनमा मह मिलाएर खानुको फाइदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लसुनमा मह मिलाएर खानुको फाइदा

Share

हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो ।

यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ ।

१.बनाउने तरिका
दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा काँचो मह मिसाउने । मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

२.लसुन र महको महत्व
लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको पेस्ट सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।

३.रुघाखोकीमा फाइदा
लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईलाई रुघाखोकीबाट जोगाउँछ ।

४.मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

५.पाचनक्रियामा लाभ
यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।

६.पखालाबाट छुटकारा
यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृतु हुनसक्छ । यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ ।

७.घाँटीको इन्फेक्सनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी(इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।

लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न क्लिनरको काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

तपाईको प्रतिक्रिया