विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

नारीकोसिस डटकम/असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने विदेश भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका छन् ।
युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन् ।



तपाईको प्रतिक्रिया