बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

Share

नारीकोसिस डटकम/असार २, हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना.५ ख. ४०१५ नं. को दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया