स्वीमिङ पुलमा डुुबेर एक जनाको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
स्वीमिङ पुलमा डुुबेर एक जनाको मृत्यु

Share

नारीकोसिस डटकम/असार २, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईका अनुसार नेचर क्लबमा रहेको स्वीमिङ पुलमा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।

प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ ।

मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।

घटनाको विभिन्न पाटोबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया