किन दुख्छ गर्मीमा टाउको यस्ता छन् कारण र बच्ने उपाय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
किन दुख्छ गर्मीमा टाउको यस्ता छन् कारण र बच्ने उपाय

Share

मानिसमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाल्छ । ती मध्येको एक हो टाउको दुख्नु । तर, गर्मीका कारण टाउको दुख्यो भनेर चुप लागेर बस्नु हुँदैन। टाउकोको दुखाई सामान्य अवस्थादेखि गम्भीर प्रकृतिको हुन्छ ।

टाउको दुख्नुको मुख्य कारण:

-चर्को घाममा हिड्नाले ।

-लामो समयसम्म मोबाईल, कम्प्युटर चलाउदा, टिभी हेर्दा । चिया, कफी, धुम्रपान, मद्यपान ।

-अनावश्यक तनाव ।

-पिनास ।

-शारीरिक मानसिक थकान ।

-माइग्रेन ।

-धेरै समयसम्म भोको बस्नु ।

उपचार:
-कागती र अदुवाको रस समान मात्रामा मिसाएर तबसम्म पिउने जबसम्म निको हुँदैन ।

-मोबाईल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक सामान लामो समयसम्म प्रयोग गरेर टाउको दुुुखेको बेला कन्चट, घाँटी र निधारमा औंलाले हलुका मसाज गर्नु पर्छ ।

-साथै केहीबेर आँखा चिम्लेर आराम गर्ने ।

-धनिया र पुदिनाको पातको पेस्ट बनाएर निधारमा लगाउने । पिनास, रुघा र माइग्रेनले हुने टाउको दुखाईमा सुठो वा अदुवाको पेस्ट बनाएर निधारमा लेप लगाउने ।

-पानी प्रशस्त र नियमित सेवन गर्ने ।

-भोक लागेको बेला जथाभावी खाना खानु भन्दा पनि स्वस्थकर खाना खाने ।

-घाममा हिँड्दा छाताको प्रयोग गर्ने । सकेसम्म घाममा बाहिर ननिस्कने ।

-यति उपाय अपनाएर पनि टाउको दुखाई निको भएन भने वा टाउको निरन्तर दुखिरहेको छ भने सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया