छाला चिलाउँछ यसो गर्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
छाला चिलाउँछ यसो गर्नुहोस्

Share

तपाईको छाला रातो हुने, गिर्खा आउने, चिलाउने वा पानीफोका आउने, गिर्खाबाट पानीजस्तो निस्कने समस्या छ भने तपाईलाई इक्जेमा भएको हुनसक्छ । यो समस्या बालबालिकालाई भन्दा ठूला मानिसमा बढी देखा पर्ने गर्छ ।

नुहाउँदा धेरै तातो पानीले ननुहाउनुहोला । मनतातो पानीले नुहाउन सकिन्छ, तर धेरै बेरसम्म पानीमा बस्न मिल्दैन। नुहाइसकेपछि धेरै रगडेर नपुछ्नुहोस् । इक्जेमा भएको ठाउँमा मोइस्चराइजर लगाउन सकिन्छ । धेरै चिलाउने भागमा चिसो रुमाल राख्दा राम्रो हुन्छ । कहिलेकाहीँ मानसिक तनावबाट मुक्त हुन पनि जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया