ट्याक्सीको नयाँ मापदण्ड

नारीकोसिस डटकम/असार ५, काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ ।
प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पु¥याइएको छ । मन्त्रिपरिषदबाट निर्णय हुन भने बाँकी छ । नयाँ मापदण्डअनुसार ट्याक्सीमा न्यूनतम् १२ सय सीसीको क्षमता तोकिएको छ ।
हाल आठ सय सीसीसम्मका ट्याक्सीलाई मान्यता दिइएको छ । नयाँ मापदण्डमा साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारले वर्गीकरण गरिएको छ ।
ट्याक्सी वर्गीकरणले फरकफरक भाडादर कायम गर्ने छ जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरूले आफ्नो रोजाइमा प्रयोग गर्नसक्ने विभागका सूचना अधिकारी तीर्थराज खनालले बताउनुभयो ।
तपाईको प्रतिक्रिया