सारिका फाउन्डेशनद्वारा सबिता उप्रेती सम्मानित

नारीकोसिस डटकम/असार ८, नवलपरासी । सारिका फाउन्डेशनद्वारा समाजिक अभियान्त सविता उप्रेती सम्मानित हुनुभएको छ । सारिका फाउन्डेशन गैंडाकोटले लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवामा योगदान पु¥याएको भन्दै सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई सम्मान गरेको हो ।
फाउन्डेशनको प्रथम बार्षिक उत्सवको अवसरमा रक्तदान,अंग दान,आँखा दान, छाला दान र अटिजम सम्वन्धी जनचेतना कार्यक्रम सहित बिशेष सम्मान गरिएको हो ।
उप्रेती अत्यन्त प्रतिकुल समय र परिस्थितिमा समेत निर्भीक र निस्वार्थ भइ नेपालमा अटिजम भएका बालबालिकाहरुलाई माया र अवसर प्रदान गरे उनीहरु पनि सबल र सक्षम हुन सक्छन् भन्ने सन्देश बोकेर नेपाली समाजमा अटिजम सम्वसन्धि सचेतना र प्रत्यक्ष सेवामा समर्पित भई समाजमा सकारात्मक सन्देश पुर्याउदै विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँको सह्राणीय कामको मुल्यांकन गर्दै फाउन्डेसनले सम्मान गरिएको हो ।
उप्रेतीले फाउन्डेशनलाई धन्यवाद दिदै अटिजम छोरीको नामबाट स्थापना गरिएको सारिका फाउन्डेशनको यो सम्मानले थप काम गर्ने हौसला बढेको र थप जिम्मेवारी थपिएको बाताउनु भयो ।
काठमाडौंको पेप्सिकोलामा रहेको सो संस्थामा ४५ जना बालबालिकाहरु रहेका छन् । जसमा वालवालिकाहरुले शिक्षा , विभिन्न थेरापी सेवा र सिपमुलक तालीमहरु पाइरहेका छन् भने थेरापिष्ट ,डाक्टर ,साईकोलोजिष्ट लगाएत २६ जना कर्मचारीहरु कार्यरत छन् ।
तपाईको प्रतिक्रिया