वीरको सिटिसक्यान कोठा मर्मत गरिने

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
वीरको सिटिसक्यान कोठा मर्मत गरिने

Share

नारीकोसिस डटकम/असार ११, काठमााडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा चुहिएको विकीरण मर्मत गरिने निर्णय भएको छ ।

अस्पतालमा मंगलबार वैठक बसी छिट्टै मर्मत गर्ने निर्णय गरेको हो। अस्पतालको सिटिसक्यान कोठाबाट रेडियसन विकीरण चुहिएको पत्ता लागेपछि अस्पतालको सिटिस्क्यान सेवा बन्द भएको छ।

सेवा छिटोभन्दा छिटो सुचारु गर्न समिति गठन गरी प्रक्रिया अघि बढाएका छौं,’ अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले भने। एक महिनाअघि वीर अस्पतालमा पुगेको विकिकरण चुहावट परीक्षण टोलीले सिटिसक्यानबाट विकिरण चुहिएको औंल्याएपछि अनुसन्धान भएको थियो।

गत शुक्रवार नास्ट९राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला०का प्रतिनिधी डा।बुद्धराम शाहले विकिरण चुहेको पुन निश्चित गरेका थिए। डा।शाहले प्रतिवेदन पैश गरे लगत्तै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले डराएर सेवा बन्द गरेका हुन्। अस्पतालमा सेवा बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन्।

सिटी कोठाको ढोका,चुक्कुल र सिलिङवाट विकिरण चुहेको डा।शाहले जनाएका छन्। सो अवस्थाको मर्मत गर्नको लागि आवश्यक कतिपय सामाग्री नेपालमा नभएकोले विदेशवाट सामान मगाउनु पर्ने अवस्था रहेको निर्देशक सेन्चुरीले बताए।

तपाईको प्रतिक्रिया