आमाले बिहे प्रस्ताव अस्विकार गर्दा छोरीको अपहरण

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आमाले बिहे प्रस्ताव अस्विकार गर्दा छोरीको अपहरण

Share

नारीकोसिस डटकम/असार ११, बुटवल । महिलाले विवाहको प्रस्ताव अस्वीकार गर्दा उनको छोरीलार्ई अपहरण गरेका छन् । अपहरणमा परेकी बालिकाको प्रहरीले बुटवलबाट उद्धार गरेको छ ।

९ असारको साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए ।

निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई अस्वीकार गर्दा दासले उनको छोरीलाई अपहरण गरेको रुपन्देही प्रहरीले जानकारी दिए ।

बालिकालाई बुटवल–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टमा लुकाई राखेको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दास पनि पक्राउ परेका छन् ।

उनी नौ महिनादेखि थापाको घर नजिकै रोहिनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया