मुख, ओठ र जिब्रोमा खटिरा आएको छ ? अपनाऔं यी उपाय

के तपाईको मुखमा सा–साना बिबिरा, फोका–फोकी आएर हैरान हुनुभएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाऊ भएको छ ? यस्ता घाऊ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ ।
घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।
त्यसैले मुखको घाऊ , खटिराबाट छुटकारा पाउन यी उपाय अपानउनुहोस् :
-मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने –हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने ।
-मह घाऊमा लपक्क लगाउने बढी चिल्लो नखाने –हल्का उम्रेको गेडागुडी बिहान खाने ।
-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने बदाम भिजाएर खाने ।
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने जिरा वा खयर चपाउने यसरी पनि निको नभए चिकित्सकलाई देखाउने ।
तपाईको प्रतिक्रिया