विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

Share

नारीकोसिस डटकम/असार १३, हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् ।

तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।

उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया