घमौरा समस्याको समाधान यसरी गर्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
घमौरा समस्याको समाधान यसरी गर्नुहोस्

Share

गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो तर यसो भन्दैमा घमौरा बालबालिकालाई मात्रै आउँने पनि होइन । गर्मीको समयमा यो जुनसुकै उमेर समूहका मानिसहरुमा पनि देखिन्छ । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाँही अन्य भागमा पनि देखिन सक्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।

त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धी संक्रमण बढी देखिन्छ । फोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन् ।

घमौराको संक्रमणबाट कसरी जोगिने ?

१.जैतुनको तेल
दिनमा दुई पटक एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाई २० मिनेटपछि धुने ।

२.नरिवलको तेल
एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउने रसम्म घमौरामा लगाएर धुने ।

३.आइस क्युब
एक प्लास्टिकको झोलामा बरफको डल्लालाई दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउने ।

४.चन्दन
आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउने र घमौरा आएको ठाउँमा लगाउने ।

५.घ्युकुमारीको जेल
दिनमा ३ पटक एक–एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाई २० मिनेटपछि राख्ने ।

६.काँक्रा मसाज
एक गिलास पानीमा एउटा कागती र काँक्रालाई पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउने ।

७.नीमको पात
दिनमा एक पटक नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र २० मिनेटपछि नुहाउने ।

८.मुल्तानी माटो
२ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाएर घमौरामा लगाउने र आधा घन्टापछि धुने ।

९.यी कुराहरु बार्ने
घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।

१०लसुनको पोटी
लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।

११.चनाको सातु
घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नुपर्छ ।

ज्ञानविज्ञानको अनुरोध
जाडोको समय होस् या गर्मीको समय । सक्नुहुन्छ भने हरेक दिन १ घण्टा पसिना निस्किने गरि कसरत गर्नुहोस् । यदि कसरत गर्न कुनै कारणवश सक्नुहुन्न भने दैनिक ४५ मिनेट हात हल्लाएर फटाफट हिड्ने गर्नुहोस् । दिनभरमा कम्तिमा ३ लिटर पानी पिउँने गर्नुहोस् तर खाना खानु अगाडी र खाइसकेको आधा घण्टासम्म धेरै पानी नपिउँनुहोस् ।

तपाईको प्रतिक्रिया