नङ पालिस लगाउँदा निम्तिन सक्छन् यस्ता समस्याहरु

नङ पालिस लगाउँनु अहिलेको मात्र होइन, निकै समय पहिले देखिको फेसन हो । महिलाहरुलाई सौन्दर्यका लागि अनेक प्रशाधनहरु चाहिन्छन् । नङ पालिस पनि त्यस्तै मध्येको एक सौन्दर्य प्रशाधन हो ।
नङमा रंग लगाउँने मात्र नभएर अहिले नङमा विभिन्न आकृतिहरु बनाउँने चलन पनि बढ्दो छ । बढ्दो आधुनिकता र उत्पादनसँगै नङ मात्रैको सौन्दर्यका लागि बजारमा अनगिन्ती ब्रान्डहरु पाइन्छन् तर सबैमा केहि समानता भने अवश्य हुन्छ ।
यहाँ हामी तपाईहरुलाई नङमा प्रयोग हुने पालिसका बारेमा जानकारी दिन गइरहेका छौँ । तपाईले यो लेख पढेर वास्तवमा नङमा लगाइने पालिसका बारेमा धेरै कुराहरु थाहा पाउँन सक्नु हुनेछ ।
तपाईलाई विश्वास नलाग्ला तर नङ पालिसको प्रयोगले स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।
नङ पालिसमा प्रयोग हुने केमिकल ट्रिफेनाइल फोस्फेटले शरीरलाई निकै धेरै असर पु¥याउँछ । यसलाई टिपिएचडी पनि भनिन्छ । यसले हाम्रो इन्डोक्राइनमा गढबढी गरिदिने भएकाले हाम्रो हर्मोनहरुमा यसले समस्या पु¥याउँछ। जसले अन्तत तौल मात्र बढ्दैन, अन्य समस्याहरु पनि उत्पन्न हुन्छन् ।
दुई दर्जन भन्दा बढी महिलामा गरिएको एक अध्ययन अनुसार नङ पालिस लगाएको १० घन्टादेखि १४ घन्टामा उनीहरुको शरीरमा नङ पालिसमा प्रयोग भएको केमिकल पाइएको थियो ।
यो अध्ययन गरेकी जोहना कांगलटनले पछिल्लो समय यसको प्रयोग बढ्दै जाँदा झन् समस्या भएको बताएकी छिन् । उनीहरुले अनुसन्धानमा प्रयोग गरेका १० मध्ये ८ नङ पालिसमा टिपिएचपी पाइएको बताएका छन् ।
नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु:
रक्तस्राब:
नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाई पनि हुन्छ ।
आन्द्रामा जुका:
नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ
सासको गन्ध:
धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।
मुखमा फोका:
यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।
शरीरमा केमिकल:
यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।
नङ बांगिने:
बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।
छालाको सक्रमण:
नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।
ब्याक्टेरियाको संक्रमण:
सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमा भन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।
नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु:
नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।
प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ ।
भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।
१.एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।
२.नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।
३.फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।
४.नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।
५.नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् ।
यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।
६.शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।
७.नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।
८.नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।
९.नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।
तपाईको प्रतिक्रिया