विप्लव समूहका कार्यकर्ता पक्राउ

नारीकोसिस डटकम/असार १७, नुवाकोट । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।
तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका ८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।



तपाईको प्रतिक्रिया