प्रेमिकासँग होटेलमा बास बसेका प्रमोद मृत भेटिए

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
प्रेमिकासँग होटेलमा बास बसेका प्रमोद मृत भेटिए

Share

नारीकोसिस डटकम/असार १८, काठमाडौं । प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका छन् ।

असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् ।

विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ ।

उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबर्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए ।

युवकको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।

मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए ।

तपाईको प्रतिक्रिया