खोटाङ्गको चिनारी

तेत्तिसकोटी देवतालाई नमस्कार मेरो
वर्णन गर्छु खोटाङ्गको सबै सेरोफेरो
खोटाङ्गको नामबाट दिक्तेल भन्ने जिल्ला
हलेसीको मन्दिरमा इतिहासको किल्ला
जताततै पाटीपौवा अनी मजुवा गढी
खोला कोशी तिर्थस्थल यहीँ खोटाङ्गमा बढी
संसारलाई चिनाउने हलेसीको चुली
कहिले पनि अगाउँदैन मन महादेवस्थान डुली
सुन्तला लिची अनि आँप कटहर
एस्तै दृश्य देख्दा सबै मेटिन्छ रहर
खोटाङ्गको नामबाट दिक्तेल भन्ने जिल्ला
हलेसीको मन्दिरमा इतिहासको किल्ला
मिना भण्डारी
खोटाङ ।
हाल:थली -५, काठमाडौं ।
तपाईको प्रतिक्रिया