अर्घाखाँचीमा जीप दुर्घटना: तीन जनाको मृत्यु, चार जना घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
अर्घाखाँचीमा जीप दुर्घटना: तीन जनाको मृत्यु, चार जना घाइते

Share

नारीकोसिस डटकम/असार १९, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्वर–७ को खाँची खोलामा बिहीबार बिहान जीप दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

कपिलबस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुदाँ तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चालक भूमिकास्थान नगरपालिका ३ धारापानीका गाडी धनी सुमन्त भुसालको घटनास्थलमै र मालारानी गाउँपालिका वडा नम्बर–३ बस्ने रुद्रप्रसाद भुसालको उपचारको क्रममा मृत्यु भएको हो । अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी बुद्धभूमि नगरपालिका वाड नम्बर–१ कपिलबस्तुकी गोमा खड्का, मालारानी ३ का बेदप्रसाद भुसाल घाईते भएका छन् । दुईजना घाईते महिलाहरुको नाम नखुलेको प्रहरीले जनाएको छ । ब्रेक नलाग्दा उकालोबाट गाडी पछाडि गईदुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया