विषाक्त च्याउ खाँदा पाँचजना बिरामी, तीन जना आइसियुमा उपचार हुँदै

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
विषाक्त च्याउ खाँदा पाँचजना बिरामी,  तीन जना आइसियुमा उपचार हुँदै

Share

नारीकोसिस डटकम/असार २०, मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् भने तिन जनालाई सघन उपचार कक्ष (आइसियु) मा राखी उपचार थालिएको छ ।

पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नौ वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त च्याउ खाँदा बिरामी परेका हुन् । त्यसैगरी छिमेकी ७ बर्षीय अनिता बल पनि उनीहरुसँगै च्याउ खाँदा बिरामी भएको सोही गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

बिहिबार साँझको खानामा च्याउको तरकारी खाएका उनीहरुलाई मनहरीसस्थत प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि राति नै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगी उपचार थालिएको थियो ।

तपाईको प्रतिक्रिया