दुःख सुख साटु भन्थे……..

तिम्रा काँखमा शिर अड्याई
मनको वेदना पोखु भन्थे
दुःख सुख साटु भन्थे
केही तिम्रा व्यथा सुनी
केही आफ्ना वेदना सुनाई
तिम्रो स्नेहको शितल छहरीमा
मिठो आभाषमा भुलु भन्थे
तर,
सबै रहरै रहरमा सिमित रह्यो
समय थाहै नपाई
फूलमा बसेको भमरा झैँ उडिगयो
नपुग्ने रहेछ तिमीले चाहेर
नहुने रहेछ
मैले आँखा भरीको सपना सजाएर
भेटिनु छुटिनु त दैवको
खेल रहेछ
आफ्नो जीवन डोर त
आफ्नै हातमा पो रहेछ !!!
सविता वस्नेत दानी
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ
तपाईको प्रतिक्रिया