हामीले छाला वा अनुहारलाई स्वस्थ राख्न क्रिम मात्रै हैन, खानपानमा पनि ध्यान दिनुपर्छ: मनिषा जीसी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हामीले छाला वा अनुहारलाई स्वस्थ राख्न  क्रिम मात्रै हैन,  खानपानमा पनि ध्यान दिनुपर्छ: मनिषा जीसी

Share

गर्मी मौसममा विशेषगरी अनुहार सँग सम्बन्धित समस्याले बढी सताउँछ । किनकी गर्मीयाम सुरु भएसँगै छालासँग सम्बन्धित अनेक समस्याहरु छालामा देखिन थाल्छ । छाला चिल्लो हुने, विमिरा आउने, डन्डिफोर आउने , चायाँ जस्ता समस्या गर्मी मौसममा देखिने गर्छ । यसै विषयमा रहेर यसको कारण तथा समस्या समाधान कसरी गर्न सकिन्छ र फेसलाई कसरी हेरचाह गर्ने भन्ने विषयमा विगत लामोसमय देखि व्युटिसियन क्षेत्रमा काम गर्दै आईरहनुभएकी मनिषा जीसीसँग हाम्रो संवाददाता रमिला तामाङले गरिएको कुराकानीको केही अंश…..

गर्मी मौसममा सामान्यतया फेसलाई कसरी हेरचाह गर्न सकिन्छ ?

अब हामीले गर्मी महिनामा वा कुनै पनि समयमा मौसम अनुसारको सनब्लकहरु युज गर्न सकिन्छ । सँगसँगै पानी बढी मात्रामा पिउनुपर्छ र फलफूलहरु खानुपर्छ । किनभने हाम्रो सोचाइमा चाहि के छ भनेदेखि छालाहरुमा क्रिमले रगड्दैमा राम्रो वा सफा हुन्छ भन्ने हाम्रो सोचाइ छ तर, त्यो होइन । हामीले खानेकुरामा पनि ध्यान दिनुपर्छ । मेकअपहरु गरेर दिउँसो हामी बाहिर वा धुवा–धुलोमा हिडेका छौं भने फेसको लागि बेलुका सफा गरेर सुत्नुपर्छ जस्तै मास्टराइज नाइट क्रिमहरु युज गर्ने गर्नुपर्छ ।

फेस सफा गर्न कस्ता खालको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ?

हामीले फेसवास कस्ता खालका प्रयोग गर्ने भन्दा पनि नर्ममली फेस धैरै किसिमको हुन्छन् । कस्तो भने कसैको ड्राई हुन्छ कसैको नर्मल हुन्छ । जस्तै: हामीले फेसवासहरु युज गर्दा खेरी स्किन अनुसारको युज गनुपर्छ ।

फेस तथा फेसको छाला हेरचाह गर्न घरेलु उपाय के अपनाउन सकिन्छ ?

हामीले स्किन भनेर फेसको लागि मात्र होइन जस्तै: हात खुट्टामा पनि मेनी केयर, पेटी केयर, गर्न सकिन्छ त्यस पछाडि हामीले हात खुट्टाको लागि घरमै भएको कुराहरु जस्तै: गोलभेडा, टमाटार, काक्राहरु प्रयोग गर्न सकिन्छ । र त्यो कसरी लगाउने भनेर सिकेर आफ्नो हात खुट्टा स्किनको लागि घरमा पनि मेनटेन गर्न सकिन्छ ।

गर्मी मौसममा विशेष गरी फेसमा पोतोले आम रुपमा सताउने गर्छ, यो समस्या कसरी समाधान गर्न सकिन्छ ?

अव कस्तो अवस्थामा चाहि पोतो कसरी आयो भन्ने कुरा हुन्छ । जस्तै: धुलो धुवाँ प्रदुषणका कारणले गर्दा, खानपानले गर्दा आएको छ भने खानपानमा मेनटेन गर्ने त्यस पछि सनब्लकहरु युज गर्ने, क्रिमहरु लगाउने गर्नुपर्छ , कतिपय अवस्थामा शरीरको भित्री रोगहरुले गर्दा चायाँ पोतोहरु आइरहेको हुन्छ । त्यस्तो अवस्थामा चाहि छाला विशेषज्ञ डाक्टरसँग सल्लाह लिनुपर्छ ।

तपाईको प्रतिक्रिया