भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार

Share

नारीकोसिस डटकम/असार २४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति ग्रिल उप्काएर भागेका हुन् ।

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

तपाईको प्रतिक्रिया