वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा, प्रहरी निरीक्षक गम्भीर घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा, प्रहरी निरीक्षक गम्भीर घाइते

Share

नारीकोसिस डटकम/असार २४, बर्दिया । गेरुवा गाउँपालिकाको वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा मंगलबार बिहान अज्ञात समूहले लगाइएको आगो निभाउँने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत प्रहरी निरीक्षक यम बहादुर मल्लको टाउकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी भाचिएको छ।

गम्भीर घाइते भएका प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी मदनजित महराले बताए।

आगलागीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने भौतिक सामाग्री पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ। प्रहरीले भने वडा कार्यालयमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगजनी गरेको जनाएको छ। आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया