बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

Share

नारीकोसिस डटकम/असार २९, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । ३५ जना वेपत्ता छन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक(एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।

जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच(पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया