घट्यो सुनको भाउ, आज कति छ सुनको भाउ ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
घट्यो सुनको भाउ, आज कति छ सुनको भाउ ?

Share

नारीकोसिस डटकम ३, काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ। आज शुक्रवार छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिवार छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै गरी तेजावी सुनको भाउ पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

तपाईको प्रतिक्रिया