आज सुनको भाउ कति छ ?

नारीकोसिस डटकम/साउन ५, काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार छापावाल सुन प्रतितोला प्रतितोला ६५ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेर प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ६५ हजारमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ।
विश्व बजारमा सुनको भाउ वृद्धि हुनुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावको रुपमा लिइएको छ। अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको हो।



तपाईको प्रतिक्रिया