रुपन्देहीमा बाढीले घर बगायो

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रुपन्देहीमा बाढीले घर बगायो

Share

नारीकोसिस डटकम/साउन ८, बुटवल । अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका १२ ढवाहमा एउटा घर बगाएको छ ।

पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । दीपकको परिवार छिमेकीको घरमा बसेका छन् ।

बाढीको सम्भावनालाई मध्यनजर गर्दै वारिपारि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि मंगलबार राति आएको ठूलो बाढीका कारण घर बगेको हो ।

तपाईको प्रतिक्रिया