दोर्दी खोलामा बाढी : बगेका २ को सनाखत, वेपत्ताको खोजी जारी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
दोर्दी खोलामा बाढी : बगेका २ को सनाखत, वेपत्ताको खोजी जारी

Share

नारीकोसिस डटकम/साउन ९, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश हेल्पर थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको र बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया