दमकमा ग्याङ फाइट, एकको मृत्यु दुई घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
दमकमा ग्याङ फाइट, एकको मृत्यु दुई घाइते

Share

नारीकोसिस डटकम/साउन ९, काठमाडौं । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक २ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् ।

भण्डारीलाई थप उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पठाइएको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार अपरान्ह भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य विषयलाई लिएर विवाद भएको बताइए पनि विस्तृत खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया