काँचो केरा सेवन गर्नु फाइदै–फाइदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
काँचो केरा सेवन गर्नु फाइदै–फाइदा

Share

स्वास्थ्यका लागि निकै उपयोगी मानिने केरामा प्रशस्त मात्रामा सुगर र फाइबर पाइनुका साथै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ‘ए’ र ‘बी’ पर्याप्त मात्रामा पाइन्छ । पाकेको केरा जतिको मिठो नहुने भएकोले पाकेको केरा भन्दा काँचो केराको उपयोग कमै हुने गर्छ । काँचो केरा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक हुन्छ ।

यसै खादा खल्लो हुने भएकोले काँचो केरालाई धेरै जसो तरकारी तथा अचारको रुपमा प्रयोग गर्ने गरिन्छ । काँचो केराले हाम्रो शरीरमा तत्काल उर्जा पैदा गर्नुका साथै शरीरलाई धेरै प्रकारका रोगबाट समेत बचाउने गरेको पाइन्छ । काँचो केरा पोटासियम, भिटामिन ‘बी ६’ तथा भिटामिन ‘सी’ को भण्डार हो । यसले शरीरको कोशिकाहरुलाई पोषण प्रदान गर्ने गर्छ । यसले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउने गर्छ ।

काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । काँचो केराको सेवन गर्नाले पाचनतन्त्र बलीयो हुनुका साथै पेटमा अतिरिक्त बोसो जम्न नपाउने हुदाँ मोटोपना घट्नुका साथै यसले हाम्रो तौललाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ । केरामा अत्यधिक फाइवर पाइने हुनाले यसको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।

यसमा पाइने फाइबरले खाना पचाउन तथा पेटलाई सफा गरेर कब्जियतको समस्यालाई हटाउने गर्छ । काँचो केरामा पाइने ट्राइप्टोफान नामक एमिनो एसिडले तनाव र माईग्रेन हटाएर हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ । धेरैजसो मधुमेहका रोगिहरुलाई गुलिया फलफुलहरु खानबाट वञ्चित गरेको हुन्छ । तर, काँचो केराको सेवनले भने मधुमेहलाई नियन्त्रण गर्ने औषधी नै बनेको छ ।

काँचो केरामा पाइने टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्ने गर्छ । यसले रगतमा हेमोग्लोविनको मात्रा बढाएर उच्च रक्तचापका विरामीका लागि निकै फाइदा समेत गर्छ । काँचो केरामा पाइने बिशेष तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ र हामीलाई क्यान्सर रोगबाट बचाउन मद्दत गर्छ । काँचो केराले शरिरको तापक्रम नियन्त्रण गर्नुका साथै क्याल्सियमको कमीलाई पूरा गरेर हाम्रो दाँत र हड्डीलाई मजबुत राख्न मद्धत गर्छ ।

तपाईको प्रतिक्रिया