साढे १३ लाख नगद चोरेर भाग्ने सुरज पक्राउ

नारीकोसिस डटकम/साउन १३, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ ।
यही साउन ७ गते विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद चोरी गरी फरार भएका कटहरी गाउँपालिका १ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



तपाईको प्रतिक्रिया