भाइरल ज्वरो के हो ? कसरी बच्ने भाइरल ज्वरोबाट जान्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भाइरल ज्वरो के हो ? कसरी बच्ने भाइरल ज्वरोबाट जान्नुहोस्

Share

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउने गर्छ ।

श्वासप्रश्वासको बेलामा नाकबाट घाँटी हुदै फोक्सोसम्म पुग्ने भाइसरले फोक्सोमा इन्फेक्सन गराउन थाल्छ । त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने हो ।

ज्वरो आउदा मानिसको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसहरु बलियो हुने गर्छ । तर ७२ घण्टा देखी पाँच दिन भित्रमा भाइरस क्रमस शिथिल हुदै गएको खण्डमा आफै निको हुने गर्छ ।

तर कहिले काही भाइरस तोकिए भन्दा बढी समय कडा रुपमा क्रियाशिल हुन्छ यस्तो अवस्थामा बढी रहयो भने मानिसको ज्यान समेत जानसक्छ ।

कसरी आँउछ भाईरल ज्वरो ?
हावामा खेलिरहेका विषाणुहरु श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसंगै नाक चिलाउने र नाक दुख्ने हुन्छ ।

जब भाइरस घाँटीमा पुग्छ अनि घाँटी खसखस गर्छ । अनि त्यो अन्तिममा फोक्समा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरलको प्रवेश संगै नाकबाट हाछिउ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाँटीमा अप्ठेरो पर्ने, स्वर विग्रने गर्छ ।

फोक्सोमा पुगीसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरो आउँदा शरीरमा तातो हुन्छ । किनकी ताप निकाल्न शक्ति चाहिन्छ ।

शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घण्टा देखी ५ दिनसम्म बढी क्रियाशिल हुने भाइरल त्यसपछि आफसे आफ हराएर जान्छ ।

भाइरल ज्वरोबाट जोगिन के गर्ने ?
तपाईको परिवारमा कुनै एक जनालाई रुघाखोकी लाग्यो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्न सक्छ । त्यसैले संक्रमित मानिसले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । ताकि हाछिउ गर्दा , खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ ।

अर्को उपाय भनेको मन तातो पानी खानुपर्छ । जतिबढी मनतातो पानी खायो त्यतिनै छिटो सो पानी रगतमा फैलने र भाइसरलाई पिसावको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । जति धेरै पानी खायो त्यतिनै छिटो निको हुन्छ ।

गाँउघरतिर ज्वरो आउदा बेसार पानी पनि खाने चलन छ । बेसार तथा अदुवालाई आयुर्वेदमा एन्टीसेप्टीकको रुपमा लिने गरिन्छ । एन्टीसेप्टीक भनेको जिवाणुलाई न्युन गर्ने तत्व हो । त्यसैले यसको सेवनले विगत गर्दैन ।

अर्को भनेको ज्वरो रोक्ने औषधी सिटामोल खानु राम्रो यसले ज्वरो आउन खर्चिने शरीरको शक्ति बचत हुन्छ । त्यसले छिटो भाइरसलाई हराउन मद्धत पुर्‍याउछ । यति गरेमा यसको आफै निको भएर जान्छ ।

 

तपाईको प्रतिक्रिया