इटहरी अस्पतालमा २४ घण्टे इमरजेन्सी सेवा सुरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
इटहरी अस्पतालमा २४ घण्टे इमरजेन्सी सेवा सुरु

Share

नारीकोसिस डटकम/साउन १५, इटहरी । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गर्दै इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए ।

त्यसैगरी इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीको विकास र समृद्धिले केही समयमै नयाँ उचाई लिने दावी गरे ।

इटहरी अस्पतालबाट गत बर्ष ३७ हजार २० जनाले सेवा लिएका छन् । १५ सैय्याको अस्पताललाई सुविधासम्पन्न ट्रमा सेन्टरसहित ५० सैय्याको अस्पताल बनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

विसं ०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भएर ०५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित यो सरकारी स्वास्थ्य संस्था ०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो ।

तपाईको प्रतिक्रिया