मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

Share

नारीकोसिस डटकम/साउन १७, काठमाडौं । शुक्रवार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको भएको छ।

प्रहरीका अनुसार बिहान काठमाडौंको बालाजुमा ०९ः५० बजे मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो। उनीहरु सहोदर दाजुभाइ हुन्।

बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

तपाईको प्रतिक्रिया