बेवारिसे झोलामा एक लाख नगदसहित साढे पाँच लाखको चेक भेटियो

नारीकोसिस डटकम/साउन २२, वैतडी । बैतडीमा बेवारिसे झोलामा एक लाख रुपैयां नगदसहित साढे पाँचलाख रुपियाँको चेक भेटिएको छ।
जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको मुसे–नाचनथलीको जयपृथ्वी मार्गमामा पर्ने सडक छेउमा झोला भेटिएको हो । झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भेटाउनु भएको हो ।
झोलामा भेटिएको पाँच लाख ४० हजार रुपियाँको चेक कृषि विकास बैंक बझाङ शाखाको रहेको छ ।
झोलाभित्र भेटिएको नगद पैसा र चेकसँगै बझाङ् जिल्ला साबिको देउलीकोट गाविस वडा नं. ५ का वशन्त बोहराको नागरिकता रहेको मेयर खड्काले जानकारी दिनुभयो ।
झोलामा बझाङ जिल्लाको नागरिकता भेटिएकोले बाटोमा पर्ने बैतडी प्रहरीलाई नबुझाएको संयोजक सिंहले बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया