कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? जान्नुहोस

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? जान्नुहोस

Share

गर्मीमा प्राय खानेकुरा एकछिन राख्य भने पानी बिग्रेने हुन्छ । हामीले गर्मी मौसममा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । सडे गलेको खाना खानु हुदैन । गर्मीको बेला कसरी रोग निमत्याउँछ भन्ने बारे तल उल्लेख गरीएको छ

१.चिया कफी
गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ । तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।

२.प्रोसेस्ड फूड
गर्मीको मौसममा तयारी वा प्रशोधित खानेकुराले पनि स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ । यस्ता खानेकुरामा नुन, चिनी तथा बोसोको मात्रा बढी हुन्छ ।

प्रासेस्ड फूड सेवन गरेपछि धेरै पसीना आउँछ, जसले शरीरमा पानीमा मात्रा कम हुन जान्छ । यस्तो खानेकुराले पाचनयन्त्रलाई पनि हानी गर्छ ।

३.कोल्ड ड्रिंक
चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन ।

यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड ड्रिंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।

४.स्ट्रिट फूड
चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ ।

तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।

५.जंग फूड
छिटो, छरितो र मीठो खान्कीको रुपमा खाने खानेकुरालाई नै जंक फूड भनिन्छ । यो बजारमा सजिलै पाईन्छ । यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ ।

अझ गर्मीको समयमा त जंक फूड विषलाई विष जस्तै मानिन्छ । यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ ।

६.स्पाइसी फूड
हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरा खान्छौँ । यस्तै खानेकुराको सेवनले हामीलाई रोग लाग्छ । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ ।

त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । अझ गर्मीको मौसममा त मसलेदार खाना नखाएकै वेश । किनभने, यसले शरीरको तापक्रम बढाइदिन्छ । पसिना बढी आउँछ र शरीरमा पानीको अभाव हुन्छ ।

७.ननभेज
गर्मीका लागि मासुजन्य खानेकुरा उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुर्‍याउँछ । त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन ।

हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।

८.ड्राइ फ्रूट्स
शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसको नियमित खानामा ड्राई फ्रूट्स पनि सामेल गर्नुपर्छ ।

स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।

९.तारेको खानेकुरा
गर्मी मौसममा तारेको भुटेको खाने कुराहरु खानु हँदैन । गर्मीमा यस्तो खाने कुरा पच्दैन । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न ।

किनभने त्यसका लागि एकदमै कमसल तेलको प्रयोग गरिएको हुन्छ । एकपटक तारेको तेल पटक–पटक प्रयोग गरिन्छ, जुन विषाक्त हुनपुग्छ ।

तपाईको प्रतिक्रिया