जानी राख्नुहोस् यस्तो भयो भने क्यान्सर हुनसक्छ

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १ करोड ४१ लाख जनामा नयाँ क्यान्सर देखिएको छ । डव्लुएचओले नै क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ८२ लाख पुगिसकेको जनाएको छ । र यदि अहिलेकै अनुपातमा बढ्दै गएमा सन् २०२५ सम्म १ करोड ९३ लाख जनामा क्यान्सर देखिने अनुमान गरेको छ ।
क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउँछ । नेपालमा यी तीनवटै पक्षहरु क्यान्सर रोगका लागि अनुकुल सिद्ध भएको पाइएको छ ।
त्यसैले पनि हामीकहाँ क्यान्सरका विरामी दिनानुदिन बढी रहेका हुन् भन्न कुनै दुविधा छैन्। क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ ।
र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । त्यो कसरी सम्भव छ ? त्यसका लागि यी कुराहरुमा विशेष ध्यान दिनुपर्छ ? यसरी जानौँ :
के के लक्षण देखिए सतर्क हुने ?
निम्न चिन्ह तथा लक्षणहरु देखिएमा कतै क्यान्सर त भएको छैन भनि नजिकको स्वास्थ्यकर्मीकहाँ वा अस्पतालमा पुगेर देखाउने तथा सल्लाह लिइ हाल्ने गर्नुपर्छ :
-लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।
खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।
-लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
-महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
-स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।
-शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।ड्ड कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
-छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।
-नाक,मुख र दिसा बाट रगत आउनु ।
-धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।
निम्न उपाायहरू अपनाएमा क्यान्सर रोगवाट बच्न सकिन्छ :
-चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।
-बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।
-पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
-अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।
-चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने । ड्ड धुलो, धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।
-महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।
-स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने ।
-दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।
-मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।
तपाईको प्रतिक्रिया