हेलिकोप्टर सेवाले दुर्गम गाउँका गर्भवती आमाहरुलाई सहज

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हेलिकोप्टर सेवाले  दुर्गम गाउँका गर्भवती आमाहरुलाई सहज

Share

नारीकोसिस डटकम/साउन २८, सिमकोट । सुत्केरी ब्यथाले छट्पटीएकी दुर्गमकी महिलाहरुको ज्यान बचाउने माध्याम हवाई लिफ्ट भएको छ ।

हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ३ रोकायाबाडाकी अबकति बुढालाई सुत्केरी ब्यथाले लागेको २७ घण्टा पछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरले लिफ्ट गरि उहाँको उद्धार पछि भ्याकुम प्रविधिबाट उपचार गर्दा गर्दा आमा र बच्चाको ज्यान जोगिएको छ ।

ब्यथा लागेको १९ घण्टा पछि जिल्ला अस्पतालमा खबर गरेको भए पनि बिहान मौसम खराब हुँदा सिमकोटबाट २७ घण्टा पछि हेलिकोप्टरबाट उद्धार भएको उहाँका श्रीमान कालीबहादुर बुढाले बताउनुभयो ।

२२ बर्ष उमेर पुगेकी बुढाले दुई बर्ष अगाडि पहिलो बच्चा जन्माउनु भएको थियो भने र यो उहाँको दोस्रो सन्तान हो ।

अस्पतालमा उद्धार गरि ल्याए पछि भ्याकुम प्रविधिबाटसफलता पूर्बक तीन केजी ७०० ग्रामको बच्चा जन्माउन सफल भएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।

हाल आमा र बच्चा दुबै अस्पतालमा उपचार भईरहेको छ ।

मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक ब्ययभार संघीय सरकारबाट वा प्रदेश सरकार मध्य जताबाट छिटो भुक्तानी हुन्छ उतैको खर्चबाट बेहोरिने उहाँले बताउनु भयो ।

जे होस समयमा उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्लामा आएको १५ दिन मा नै दुई गर्भवती महिलाको उद्धार गरिएको छ ।

एक बर्ष यता हुम्ला जिल्लामा सात वटा गर्भवती महिलाको हेलिकोप्टरमा उद्धार गरिएको छ । जस मध्ये तीन जनाको जिल्ला मै उपचार गरेर बच्चा जन्माइएको छ भने चार जनालाई जिल्ला बािरह रिफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया